काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले गरेका राम्रा कामको प्रचार–प्रसारमा लाग्नुपर्ने बताएका छन्। आज )बिहिबार)कांग्रेस काठमाडौं– १ मा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले आफूले गरेकाका काम जनतालाई अनुभूत हुने गरी कांग्रेसले बुझाउन नसकेको पनि बताए।
कांग्रेसले जनतालाई गुमेको अधिकार फिर्ता ल्यार दिलाएको छ। परिवर्तनको नेतृत्व गरेको छ। विकासको नेतृत्व गरेको छ तर आफूले गरेकाका काम जनतालाई अनुभूत हुने गरी बुझाउन सकेको छैन नेता सिंहले भने।
अहिलेको प्रतिस्पर्धी अवस्था अनुरुप पार्टी संगठन बनाउनुपर्ने सिंहले बताए। ‘पहिले जस्तो अवस्था अब रहेन। समय परिस्थिति अनुसार चल्न नसके कांग्रेसलाई पनि ग्राहो पपर्छ। पुरानो पार्टी ठूलो पार्टी ईतिहासको कुरा गरेर मात्रै बन्दैन,’ उनी भन्छन्।
नेता सिहले कांग्रेसका गतिविधि खर्चिलो हुनथाले को भन्दै यसमा पनि सुधार ल्याउनुपर्ने बताए। पार्टीभित्र मतभेद हुनु स्वभाविक भए पनि एक अर्कोलाई दोष लगाएर कोही बलियो हुन नसक्ने उनको भनाइ छ।
‘कांग्रेस कमजोर हुँदा कोही व्यक्ति बलियो हुन सक्दैन। सस्तो प्रचार बाजीमा लागेर पार्टी नेताहरुविरुद्ध सार्वजनिक टिप्पणीले कसैलाइ हित हुँदैन,’ उनले भने, ‘बिमतिहरु हुनसक्छ चित्त नबुझन सक्छ ती कुरा पार्टी भित्र औंपचारिक या अनौपचारिक छलफलमा उठाउन सकिन्छ।’
चित नबुझेको बोल्नु पाइएपनि सार्वजनिक रुपमा वादविवाद गरिँदा पार्टीलाई अहित हुने भन्दै उनले त्यसमा ख्याल राख्न समेत आग्रह गरे।