सेयर बजार ४१ अंकले बढ्यो - Chaitanya News
  • 2026-05-26
  • 12:56:47
  • मंगलबार,जेठ १२, २०८३
  • काठमाडौं– आज (बुधबार) सेयर बजार परिसूचक नेप्से ४१ अंकले बढेको छ।

    नेप्से ४१.०६ अंकले बढेर २०६०.९१ विन्दुमा पुग्दा सेन्सेटिभ इन्डेक्स ७.४८ विन्दुले बढेर ३९३.०५ विन्दुमा चढेको छ।

    उपसूचक समूहमा म्युचल फन्डबाहेकका सबै उकालो लागेका छन्। म्युचल फन्ड ०.४१ प्रतिशतले ऋणात्मक रहँदा व्यापार समूह ३.६२ प्रतिशतले बढेको छ।

    शेयर बजार बढे पनि कारोबार रकम भने बढ्न सकेन। २६५ कम्पनीका ५० लाख १० हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८८ करोड ८३ लाख रुपैयाँको कारोबार भयो।

    कारोबारका हिसाबले सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्स र दोस्रो स्थानजमा शिवम् सिमेन्ट छ। यी दुईको कारोबार क्रमशः १५ करोड र ८ करोड छन्।