एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक पनि स्थगित - Chaitanya News
  • 2026-11-16
  • 22:07:00
  • सोमबार,मंसिर ०१, २०८३
  • एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक पनि स्थगित

    एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक पनि स्थगित

    काठमाडौँ– राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ। अवरोधका कारण बुधबारका लागि तय भएका कार्यसूची अगाडि बढ्न नसकेको जनाइएको छ।

    राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका लागि बोलाएका छन्।

    बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले समसामियक विषयमा भने बोलेका थिए। समसामयिक विषयमा सा‌सदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरु उठेका थिए।

    एमाले सांसद विमलाकुमारी घिमिरेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन गर्न सरकार तयार नभएसम्म संसद चल्न नदिने बताइन्।

    यसअघि बुधबार नै बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमालेले अवरोध गरेको थियो। अवरोधका कारण प्रतिनिधि सभाको बैठक पनि कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन।

    एमालेले साउन १० गते यता संघीय संसदको दुवै सभामा अवरोध गर्दै आएको छ।