सुन काण्डमा महरा दोषी पुष्टि भए सरकारले कारबाही गर्छ : अग्निप्रसाद सापकोटा - Chaitanya News
  • 2026-11-16
  • 22:07:05
  • सोमबार,मंसिर ०१, २०८३
  • सुन काण्डमा महरा दोषी पुष्टि भए सरकारले कारबाही गर्छ : अग्निप्रसाद सापकोटा

    सुन काण्डमा महरा दोषी पुष्टि भए सरकारले कारबाही गर्छ : अग्निप्रसाद सापकोटा

    काठमाडौँ– माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन प्रकरणमा कृष्णबहादुर महरा दोषी भए सरकारले कारबाही गर्ने बताएका छन। उनले भने तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष महरामाथि पनि सरकारले अनुसन्धान अगाडि बढाउनेछ। प्रवक्ता भएपछि पार्टी कार्यालय पेरिसडाँडामा बुधवार पहिलोपटक प्रेसमिट गर्दै उनले दोषी प्रमाणित भए कसैलाई पनि नछाड्ने स्पष्ट पारेका हुन्।

    ‘महराको विषयमा बहिर मिडियामा पनि धेरै समाचार आएका छन्। सुन प्रकरणमा आफूमाथि पनि सरकारले छानबिन गरोस् म सघाउन तयार छु भनेर बाहिर मिडिया र केन्द्रीय समिति बैठकमा पनि भनिसक्नुभएको छ। यदि तथ्य र प्रमाणले पुष्टि भए उहाँमाथि पनि छानबिन हुन्छ’,उनले भने।

    सुन प्रकरण लगायत विभिन्न काण्डको छानबिनलाई प्रधानमन्त्रीले निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएकाले सबैले सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ।

    त्यस्तै उनले संसदमा एमालेको अवरोध बार्गेनिङका लागि भएको आरोप लगाउँदै उनले सुन प्रकरणमा राज्यका आधिकारिक निकायले छानबिन गरिरहेकाले छुट्टै छानबिन समिति आवश्यक नभएको जिकिर गरे।