अबका निर्वाचनहरुमा देशबाहिरका नेपाली निर्णायक हुनेछन : वर्षमान पुन - Chaitanya News
  • 2026-11-16
  • 22:07:15
  • सोमबार,मंसिर ०१, २०८३
  • अबका निर्वाचनहरुमा देशबाहिरका नेपाली निर्णायक हुनेछन : वर्षमान पुन

    अबका निर्वाचनहरुमा देशबाहिरका नेपाली निर्णायक हुनेछन : वर्षमान पुन

    काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अबका निर्वाचनहरुमा देशबाहिरका नेपाली निर्णायक हुने बताएका छन्। आन (बुधबार) पार्टीको उपत्यका विशेष प्रदेशको जिम्मेवारी सम्हाल्ने क्रममा पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    पुनले प्रविधिको उच्चतम विकास र प्रयोगका कारण विदेशमा बसेका नागरिकको हैसियत मुलुकभित्रको राजनीतिक समीकरण नै बदल्ने सक्ने अवस्था आएको बताए। पार्टीहरुले यसअघि नागरिकका घरघरमा गएर विचार प्रवाह गर्ने र संगठन निर्माण गर्ने अवस्थाको अन्त्य हुन सक्ने उनको भनाइ थियो।

    ‘आजको युग प्रविधिको युग हो। पहिला जसरी मानिसका घरघरमा गएर संगठन बनाउने र विचार राख्ने अवस्था अब नरहन सक्छ’, पुनले भने, ‘प्रविधिका कारण अबका निर्वाचनहरुमा देशभित्रका भन्दा विभिन्न शिलशिलामा देशबाहिर रहेका नेपालीहरु निर्णायक हुनेजस्तो देखिएको छ।