गौर हत्याकाण्डको विषयमा शेरबहादुर देउवा र उपेन्द्र यादवबीच टेलिफोनमा कुराकानी - Chaitanya News
  • 2026-11-16
  • 22:07:30
  • सोमबार,मंसिर ०१, २०८३
  • गौर हत्याकाण्डको विषयमा शेरबहादुर देउवा र उपेन्द्र यादवबीच टेलिफोनमा कुराकानी

    गौर हत्याकाण्डको विषयमा शेरबहादुर देउवा र उपेन्द्र यादवबीच टेलिफोनमा कुराकानी

    काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गौरहत्याकाण्डको विषयमा संवाद भएको छ। उच्च स्रोतका अनरसार दुइ नेताहरुबबी गौरहत्याकाण्डको विषयमा कुराकानी भएको छ।

    आज (बुधबार) सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ। यो सहमति लगत्तै जसपाका अधयक्ष यादवले कांग्रेस सभापति देउवालाई टेलिफोन गरेका हुन्।

    जसपा अध्यक्ष यादवले सरकारको सहमतिबारे कांग्रेस सभापति जानकार रहेको वा नरहेको विषयमा चासो राखेको नेताहरु बताउँछन्। ‘यो विषयमा अध्यक्ष ज्युले चासो राख्नु स्वभाविक हो’ जसपाकै एक नेताले भने।

    यो विषयमा जसपामा नेताहरु आन्तरिक छलफलमा समेत जुटेका छन्। जसपाका कार्यकारिणी समितिका सदस्यहरुले बुधबार यस विषयमा अनौपचारिक छलफल गरेका छन्।

    एउटा निचोडमा पुगेर आवश्यक परे पार्टीको धारणा सार्वजनिक गर्ने तयारी जसपाका नेताहरुको छ। प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार भएको शीर्ष नेताहरुको भेटमा समेत यो विषयमा छलफल भएको छ।