प्रतिनिधिसभामा एमालेको नाराबाजी - Chaitanya News
  • 2026-11-16
  • 22:07:35
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रतिनिधिसभामा एमालेको नाराबाजी

    प्रतिनिधिसभामा एमालेको नाराबाजी

    काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी सुरु गरेको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि सुरु हुनेवित्तिकै बोल्ने समय मागेको थियो।

    तर सत्तापक्षका सांसदहरुले पनि बोल्न समय मागे। सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएपछि सत्तारुढ सांसदहरुले विरोध जनाए । सभामुखले एमाले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गरेका हुन्।

    सभामुख देवराज घिमिरेले आफ्नो आशनमा फर्किएर बैठक सुचारु गर्न आग्रह गरेपनि एमाले सांसदहरुले नाराबाजी कायम राखे। अवरोध र नाराबाजी कायम रहेपछि सभामुखले साउन २६ गते शुक्रबार दिँउसो १ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।