काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघमा रेजिना खड्का कान्छी केन्द्रीय सदस्य बनेकी छन्। नेविसंघले ३२ वर्ष मुनिको ७११ सदस्यीय केन्द्रीय तदर्थ बनाएकोमा सबैभन्दा कान्छी २० वर्षीया रेजिना खड्का पनि केन्द्रीय सदस्यमा मनोनित भएकी हुन्।
रेजिनाको जन्म गण्डकी प्रदेशको स्याङजा जिल्लामा भएको हो। रेजिना सानैदेखि राजनीतिक एवम् सामाजिक क्षेत्रमा सक्रिय युवा हुन्। सानै उमेरमा उनी नेतृत्वदायी छाप छोड्न सफल भएकी छन्।
हाल उनी ईन्जिनियरिङग अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरित छिन्। क्याम्पसमा उनले नेपाल विधार्थीसंघको इकाई कमिटीमा रहेरकाम गरिसकेकी छन्।