काठमाडौं– गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेपमार्फत सुन तस्करीमा तथ्य प्रमाणले दोषी देखिएका कसैलाई नछाड्ने बताएका छन्।
आज मंगलबार संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उनले माओवादी वा जुन सुकै दलको भए पनि दोषीलाई नछाड्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेपको फाइल गृहमन्त्रीकै टेबलमा भन्दै प्रश्न गरेका थिए।
गृहमन्त्री श्रेष्ठले लामिछानेलाई नै प्रतिप्रश्न गरे। ‘मेरो मित्रले भेपको फाइल त गृहमन्त्रीको टेबलमा छ नि भन्नुभयो’, उनले अघि भने, ‘होइन, पहिला सरकार चलाउँदा त्यसो गर्ने गरिएको थियो र? सीआईबीले गरेको अनुसन्धान पहिले मेरो टेबलमा ल्याऊ, अनि मैले जे भन्छु, त्यो गर भन्ने चलन थियो र?
‘हामी त त्यसो गर्दैनौं’ उनले भने।
सीआईलाई अनुसन्धान गर्न र जे तथ्य प्रमाणले देखाउँछ, त्यसको आधारमा अभियोजन प्रक्रियामा जान भनेको उनले बताए। ‘को मान्छेलाई तान्ने, को मान्छेलाई छुट दिन निर्देशन दिने हामी होइनौं’ गृहमन्त्री श्रेष्ठले अघि भने, ‘हामी कानुनलाई लागू गर्छौं, कानुन लागू गर्ने संस्थालाई अनुसन्धान गर्न दिन्छौं र, प्रमाणका आधारमा अगाडि बढौं।
‘अहिले पनि भन्छु कि माओवादी वा कुनै पार्टी होस्, अनुसन्धान, तथ्य प्रमाणले दोषी देआउँछ भने कोही छुट्ने बाला छैनन्’, उनले भने।
अनुसन्धानले देखाएर नआउँदासम्म प्रश्नहरु उठ्न सक्ने, तर अनुसन्धान र तथ्य प्रमाणले दोषी देखाएका कसैलाई नछाड्ने उनले बताए