प्रतिपक्षले सरकारलाई धन्यवाद दिनुपर्छ, नपुगेका कुरालाई रचनात्मक सुझाव दिनुपर्छ : देवेन्द्र पौडेल - Chaitanya News
  • 2026-11-16
  • 22:18:52
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रतिपक्षले सरकारलाई धन्यवाद दिनुपर्छ, नपुगेका कुरालाई रचनात्मक सुझाव दिनुपर्छ : देवेन्द्र पौडेल

    प्रतिपक्षले सरकारलाई धन्यवाद दिनुपर्छ, नपुगेका कुरालाई रचनात्मक सुझाव दिनुपर्छ : देवेन्द्र पौडेल

    काठमाडौं– नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रतिपक्षले सरकारलाई धन्यवाद दिनुपर्ने बताएका छन। आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन्। यस्तै उनले राज्यका स्थापित निकायको काममाथि अविश्वास नगर्न प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई आग्रह समेत गरेका छन् ।

    उनले सुन तस्करी प्रकरणमा राज्यका स्थापित निकायले अनुसन्धान गरिरहेकाले त्यसलाई सहयोग गर्नुपर्ने बताए।

    ‘नेपाल सरकारले निष्पक्षतापूर्वक संविधानमा व्यवस्था गरिरएका निकायहरुलाई सक्रिय बनाएर भ्रष्टाचार अनियमिततामा छानबिन अगाडि बढाइरहेको छ। प्रतिपक्षले सरकारलाई धन्यवाद दिनुपर्छ, नपुगेका कुरालाई रचनात्मक सुझाव दिनुपर्छ’ उनले भने ।

    प्रतिपक्षले जे कुरामा पनि डिस्टर्ब मात्र गर्न नहुने भन्दै उनले सुन तस्करी प्रकरणमा एमालेले सरकारलाई धन्यवाद दिनुपर्ने बताए।

    ‘सबै कुरामा डिस्टर्ब गरियो भने राज्य चल्न सक्दैन, प्रतिपक्ष भनेको वेटिङ इन गभर्मेन्ट पनि हो, अर्को पटक सरकारमा तपाईहरु आउनुहुन्छ। अहिले छानबिन गरिरहेका निकायलाई तपाईंले प्रश्न गर्नुभयो भने भोलि सरकारमा आउनुभयो भने के भन्नुहुन्छ?’ पौडेलले प्रश्न गरे।

    सांसद पौडेलले सुन तस्करी प्रकरणमा राज्यकै निकायबाट अनुसन्धान अगाडि बढाउन दिन र चित्त नबुझे पछि प्रश्न उठाउन एमालेलाई आग्रह गरे।

    ‘जुन ठाउँबाट छानबिन भएको छ, त्यो छानबिनको प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन दिऔं, त्यसपछि चित्त बुझेन भने यहाँहरुले प्रश्न उठाउन सक्नुहुन्छ। प्रक्रिया अगाडि बढिरहेका बेला बीचमै प्रश्न गरेर विषयान्तर गर्ने काम नगर्नका निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु’ उनले भने।

    उनले प्रश्न गरे, ‘एउटा सर्जनले थिएटरभित्र बिरामीको अपरेशन गरिरहेका बेला अर्को डाक्टर ढोका फोडेर गयो भने के होला?