ललिता निवास प्रकरणमा माधव नेपालले भने: मैले कुनै बिराएको छैन, भ्रष्टाचार गरेको छैन - Chaitanya News
  • 2026-11-16
  • 22:18:57
  • सोमबार,मंसिर ०१, २०८३
  • ललिता निवास प्रकरणमा माधव नेपालले भने: मैले कुनै बिराएको छैन, भ्रष्टाचार गरेको छैन

    ललिता निवास प्रकरणमा माधव नेपालले भने: मैले कुनै बिराएको छैन, भ्रष्टाचार गरेको छैन

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले कुनै बदमासी नगरेको बताका छन्।

    सर्वोच्च अदालतले नेपाललाई पनि अनुसन्धानको दायरमा ल्याउन आदेश दिएकोबारे आफूले केही भन्नुपर्ने नरहेको उनको भनाइ छ।स्वीजरल्याण्ड पुगेका अध्यक्ष नेपालले भने, ‘नबिराउनु नडराउनु। मैले कुनै बिराएको छैन, बदमासी गरेको छैन, भ्रष्टाचार गरेको छैन। मैले नितान्त असल मनसायले बालुवाटार विस्तारको मास्टरप्लान अघि बढाउने पक्षमा काम गरेको हुँ। कुनै अनुचित काम गरेको छैन। कुनै व्यक्तिलाई उन्मुक्ति दिने होइ । छानबिन गर्ने, बदमासी गरेको छ भने दण्डित गर्ने।’

    उनले आफूले कुनै अनुचित काम नगरेको भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए।