सुन तस्करी प्रकरणबारे संसदमा गृहमन्त्री श्रेष्ठले जवाफ दिने - Chaitanya News
  • 2026-11-16
  • 22:18:33
  • सोमबार,मंसिर ०१, २०८३
  • सुन तस्करी प्रकरणबारे संसदमा गृहमन्त्री श्रेष्ठले जवाफ दिने

    सुन तस्करी प्रकरणबारे संसदमा गृहमन्त्री श्रेष्ठले जवाफ दिने

    काठमाडौं– सुन तस्करी प्रकरणकारे संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने भएका छन। संसदमा रहेका राजनीतिक दलहरुका बीचमा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको छ।

    सभामुख देवराज घिमिरेको पहलमा बसेको सबै दलका प्रमुख सचेतक र सचेतकहरुको छलफलमा सदनलाई नियमति रुपमा चलाउने सहमति भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

    उनका अनुसार मंगलबार बस्ने प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सबै दलबाट एक–एक जना र स्वतन्त्र सांसद गरी १३ जनाले बोल्नेछन्। त्यसपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनेछन्।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिुभवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुनका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

    त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर भित्रिएको झण्डै एक सय किलो सुन राजश्व अनुसन्धान विभागले २ साउनमा सिनामंगलबाट बरामद गरेको थियो। यस प्रकरणमा विमानस्थल भित्रका सरकारी संरचना र सुरक्षा संयन्त्रमाथि प्रश्न उठाउँदै एमालेले छुट्टै छानबिन समितिको माग राखेर साउन १० गतेयता संघीय संसद चल्न दिएको थिएन।