सरकार सञ्चालकहरूले गरेको नकारात्मक कामको दोषको भारी गणतन्त्रले बोक्नुपर्‍यो : सञ्चारमन्त्री शर्मा - Chaitanya News
  • 2026-11-16
  • 22:19:12
  • सोमबार,मंसिर ०१, २०८३
  • सरकार सञ्चालकहरूले गरेको नकारात्मक कामको दोषको भारी गणतन्त्रले बोक्नुपर्‍यो : सञ्चारमन्त्री शर्मा

    सरकार सञ्चालकहरूले गरेको नकारात्मक कामको दोषको भारी गणतन्त्रले बोक्नुपर्‍यो : सञ्चारमन्त्री शर्मा

    काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको भारी व्यवस्थालाइ बाृकाउन नहुने बताएकी छन। आज (सोमबार) काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। यस्तै उनले सरकार सञ्चालकहरूले गरेको नकारात्मक कामको दोषको भारी गणतन्त्रले बोक्नुपरेको टिप्पणी पनि गरेकी छन्।

    मन्त्री शर्माले गणतान्त्रिक व्यवस्था आफैँमा राम्रो व्यवस्था भएपनि केही खराब कामको दृष्टान्त दिँदै गणतान्त्रिक व्यवस्थामाथि प्रहार हुने गरेको बताइन्।

    व्यवस्था र व्यवस्था सञ्चालक फरक(फरक कुरा भन्दै उनले व्यक्तिले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउनु नहुने उल्लेख गरिन्। मिडियाले सबै क्षेत्रका सकारात्मक कुराहरूलाई पनि स्थापित गराउन लाग्नुपर्नेमा उनको जोड थियो।

    उनले भनिन्, ‘सांसदका स्वकीय सचिवहरू को(को छन् रु को९को हुन्छन्? क–कसलाई स्वकीय राख्छन् भन्ने कुरा आइरहँदामा परिवारबाट राख्छन् भन्ने कुराको लिष्ट बन्छ। पत्रिकामा छापिन्छ। जसले त्यो गरेको छैन। जसले सहिद परिवार राख्छ। जसले कार्यकर्ता राख्छ। त्यसको नाम नै आउँदैन। चर्चा नै हुन्न। त्यो नगर्ने मान्छे कसरी प्रोत्साहित होला? नकारात्मक कुरालाई प्रहार गर्नुको उद्देश्य सकारात्मक होस् भनेर हो। तर, सँगसँगै सकारात्मक कुरालाई अलिअलि त स्थापित गरेर जानुपर्‍यो। समाजमा आशाको दियो बाल्नुपर्‍यो।