मकवानपुरमा पहिरोमा परि एकको मृत्यु, ६ जना बेपत्ता - Chaitanya News
  • 2026-11-16
  • 22:50:55
  • सोमबार,मंसिर ०१, २०८३
  • मकवानपुरमा पहिरोमा परि एकको मृत्यु, ६ जना बेपत्ता

    मकवानपुरमा पहिरोमा परि एकको मृत्यु, ६ जना बेपत्ता

    हेटौंडा– मकवानपुरमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता बएका छन। बागमती गाउँपालिका–५ सिक्रे दोभानमा मंगलबार बिहान गएको पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ६ जना पहिरोमा परि बेपत्ता भएका हुन।

    सोमबारदेखि परेको अविरल वर्षाका कारण मंगलबार बिहान ४ बजे बागमती गाउँपालिका–५ सिक्रे दोभानस्थित अक्कल बहादुर स्याङ्तानको घर पहिरोले बगाएको हो।

    पहिरोमा परी घाइते भएकी अक्कल बहादुरको श्रीमती ५५ वर्षीय सन्तमायालाई स्थानीयले उद्धार गरी स्थानीय मेडिकलमा लगेकोमा उपचारको क्रममा उनको बिहान साँढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    उक्त पहिरोमा परि सिक्रे दोभान बस्ने ६० वर्षीया अक्कल बहादुर स्याङ्तान, उनकी २२ वर्षीया छोरी शिला पहरी, २५ वर्षीय ज्वाँई जीवन पहरी, जीवनका ४ वर्षीय छोरा मिलन पहरी र डेढ वर्षीया छोरी दिब्या पहरी बेपत्ता भएका छन्।

    साथै अक्कलको घरमा पाहुना लाग्न गएका सिन्धुली जिल्ला हरिहरपुर गाउँपालिका १ को कटी बस्ने अन्दाजी १७ वर्षीय पासाङ घिसिङ पनि बेपत्ता भएको भोर्लेनी प्रहरी चौकी मकवानपुरले जनाएको छ। बेपत्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी गराएको छ।