काठमाडौँ– मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दैछ। बैठक सिंहदरवारमा बस्न लागेको हो।
बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमाथि छलफल तथा निर्णय हुने बताइएको छ। आजको बैठकले केही सहसचिवको सरुवा निर्णय गर्न सक्ने पनि बुझिन आएको छ।
स्रोतका अनुशार मन्त्रालयका केही महत्वपूर्ण प्रस्तावहरुबारे निर्णय हुन सक्ने छ।