नागढुंगा-नौबिसे मार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’ [तस्बिरहरू] - Chaitanya News
  • 2026-05-25
  • 09:00:43
  • सोमबार,जेठ ११, २०८३
  • नागढुंगा-नौबिसे मार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’ [तस्बिरहरू]

    नागढुंगा-नौबिसे मार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’ [तस्बिरहरू]

    काठमाडौं- नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुंगा सुरुङमार्गको सहायक (रेस्क्यु टनेल)को ‘ब्रेक थ्रु’ भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रेस्क्यु टनेलको ब्रेक थ्रु गरेका हुन्।

    आयोजनाअन्तर्गत दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु र दुई हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग निर्माण भइरहेका छन्।

    जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले यो आयोजनाको निर्माण गरिरहेको छ। २०१९ अक्टोबर २१ मा शिलान्यास भएको आयोजनाको साढे तीन वर्षमा सहायक सुरुङमार्गको ब्रेक थ्रु हुन लागेको हो।

    आगामी अप्रिल २०२४ भित्र कम्पनीले आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने म्याद छ।