सुन काण्डमा एमालेले अंश खोज्यो : ज्ञानेन्द्र शाही - Chaitanya News
  • 2026-11-16
  • 22:51:10
  • सोमबार,मंसिर ०१, २०८३
  • सुन काण्डमा एमालेले अंश खोज्यो : ज्ञानेन्द्र शाही

    सुन काण्डमा एमालेले अंश खोज्यो : ज्ञानेन्द्र शाही

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अवैध सुन आयात प्रकरणमा एमालेले अंश खोजेको आरोप लगाएका छन।

    गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक सय किलो सुन बरामद भएको विषयलाई लिएर एमालेले अनावश्यक रुपमा सत्तारुढ दलहरुसँग भाग खोजेको शाहीले टिप्पणी गरे।

    ‘सुनकाण्डमा तोलमोल भयो। उच्च स्तरीय छानबिन भनेर एमालेले सुन काण्डमा अंश खोज्यो। यो गम्भीर अपराध हो’ शाहीले भने।

    गत साउन २ गते त्रिभुवन विमानस्थलबाट गैर कानुनी रुपमा भित्रिएको झण्डै एक सय किलो सुनको विषयले राजनीतिक वृत तरंगित छ।

    उक्त प्रकरणमा सरकारले गर्ने अनुसन्धानमा विश्वास नरहेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० गतेदेखि संघीय संसदको दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा(को बैठक चल्न दिएको छैन।