संसदीय समितिको भागबन्डामा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष नेकपा एमाले हामीसँग तर्सिए : रास्वपा - Chaitanya News
  • 2026-11-16
  • 22:32:03
  • सोमबार,मंसिर ०१, २०८३
  • संसदीय समितिको भागबन्डामा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष नेकपा एमाले हामीसँग तर्सिए : रास्वपा

    संसदीय समितिको भागबन्डामा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष नेकपा एमाले हामीसँग तर्सिए : रास्वपा

    काठमाडौँ–  रास्वपाका सभापति तथा प्रतिनिधि सभा सा‌ंसद डोलप्रसाद अर्यालले सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेकपा एमाले तर्सिएर संसदीय समितिको भागबन्डा गरेको बताएका छन।

    सत्ता पक्ष र प्रमुख प्रतिपक्षी एमालेले समिति भागबन्डा गर्दै विपक्षी दलहरू रास्वपा र राप्रपालाई त्यसबाट बाहिर राखेपछि सा‌ंसद अर्यालले यस्तो बताएका हुन्।

    सत्ता पक्ष र प्रमुख प्रतिपक्षले आफूअनुकूल निर्णय गर्न सजिलो हुने गरी भागबन्डा गरेको उनले बताए।

    ‘सत्ता र प्रमुख प्रतिपक्ष रास्वपादेखि तर्सिएका छन्। समितिको भागबन्डामा पार्नेबित्तिकै उनीहरूले भनेअनुसार निर्णय हुँदैन भनेर एकमत भएका हुन्,’ उनले भने, ‘प्रमुख प्रतिपक्ष दल एमालेले लेखा समिति पाउनेमा अरू दुइटा समिति पनि लिएर रमाइरहेको छ। प्रतिपक्षीको भूमिका हामी निर्वाह गर्छौँ, हामीलाई भाग खोज्नु र त्यसमा रमाउनु छैन।’

    उनले सदन अवरुद्ध राखेर प्रमुख प्रतिपक्षी दल एमाले भाग खोज्दै हिँडेको पनि आरोप लगाए।

    नेकपा (माओवादी केन्द्र) को सोमबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिको भागबण्डा मिलेको बताएका थिए।