राष्ट्रियसभामा एमालेले अवरोध कायमै राखेपछि बैठक बुधबारसम्मका लागि स्थगित - Chaitanya News
  • 2026-11-16
  • 22:32:43
  • सोमबार,मंसिर ०१, २०८३
  • राष्ट्रियसभामा एमालेले अवरोध कायमै राखेपछि बैठक बुधबारसम्मका लागि स्थगित

    राष्ट्रियसभामा एमालेले अवरोध कायमै राखेपछि बैठक बुधबारसम्मका लागि स्थगित

    काठमाडौं– नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि स्तरीय छनबिन समिति गठनको माग गर्दै अवरोध कायमै राखेपछि राष्ट्रिय सभाको बैठक बुधबार सम्मका लागि स्थगित भएको छ।

    अब अर्को बैठक बुधबार अपरान्ह १ बजे बस्नेछ। आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विरोधको कार्यक्रम परिवर्तन गरेर बैठक सञ्चालन गर्ने वातावरण बनाउन पटकपटक आग्रह गरे पनि एमाले सांसदले उठेर विरोध जनाइरहे।

    आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विद्येयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची थियो।

    विधायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधानअनुसार ‘बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८०’ पेस गर्ने कार्यसूची पनि थियो।