ललिता निवास प्रकरणमा प्रचण्डसंग पछिल्लो आदेशका बारेमा छलफल गरेको हुँ : अध्यक्ष नेपाल - Chaitanya News
  • 2026-11-16
  • 23:07:37
  • सोमबार,मंसिर ०१, २०८३
  • ललिता निवास प्रकरणमा प्रचण्डसंग पछिल्लो आदेशका बारेमा छलफल गरेको हुँ : अध्यक्ष नेपाल

    ललिता निवास प्रकरणमा प्रचण्डसंग पछिल्लो आदेशका बारेमा छलफल गरेको हुँ : अध्यक्ष नेपाल

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्ररकरणमा सर्वोच्च अदालतको पछिल्लो आदेशका बारेमा छलफल गरेको बताएका छन। उनले सो छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको बताए।

    नेपालले प्रधानमन्त्री प्रचण्डलाई आफू विदेश जान लागेको भन्दै सर्वोच्चले आफूमाथि समेत अनुसन्धान गर्नू भनी दिएको आदेश कार्यान्वयन सरकारले कसरी गर्छ भनेर चासो राखेको स्रोतले जनाएको छ।

    नेपालले आफूनिकट नेताहरूसँग लण्डन जानुअघि अनौपचारिक ब्रिफिङ गर्दै बालुवाटारस्थित विशिष्ट व्यक्तिहरूको सरकारी आवास विस्तार गर्ने ‘प्रचण्ड’ नेतृत्वको सरकारको निर्णय आफ्नो पालामा कार्यान्वयन गरिएको विषय आफूले राखेको बताएका छन्।

    प्रचण्ड नेतृत्वको सरकारले कुन मितिमा नीतिगत निर्णय भएको थियो भन्ने अहिलेसम्म बाहिर नआए पनि पूर्व प्रधानमन्त्री नेपालले यसअघि पनि प्रचण्ड नेतृत्वको सरकारको निर्णय आफूले कार्यान्वयनमा लगेको बताउँदै आएका छन्।