काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा आफ्नो भूमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन।
आज (सोमबार) पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूलाई संसदभित्र आ–आफ्नो भूमिकालाई वृद्धि गर्न निर्देशन दिएका हुन। उनले अवरुद्ध संसद खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल लगायत विपक्षी दलहरूसँग छलफल गर्ने पनि बताए।
बैठकपछि पत्रकारसंग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरूलाई सुशासन, समृद्धि र सामाजिक न्याय सहितको रूपान्तरणका लागि संसदमा माओवादी केन्द्रको भूमिकालाई बढाउनुपर्ने प्रधानमन्त्री दाहालको निर्देशन रहेको जानकारी गराए। दाहालले सभामुखसँग दलको शीर्ष नेताहरूको बैठकपछिको विकसित घटनाक्रमहरूको बारेमा सांसदहरूलाई आवश्यक जानकारी गराइने पनि बताएका उनले जानकारी दिए।