आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? - Chaitanya News
  • 2026-05-26
  • 11:48:38
  • मंगलबार,जेठ १२, २०८३
  • आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी महासंघले आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको जानकारी दिएको हो।

    मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम छ। हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ। यससँगै, चाँदी विगत ४ दिनदेखि स्थिर कायम छ। यही साउन १८ गतेदेखि स्थिर रहेको चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ।