काठमाडौं– आइतबार सेयर बजार ३८.३७ अंकले घटेको छ। बैंकहरुले समग्रमा राम्रो नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरिरहँदा सेयर बजार भने थप घटेको हो। आज नेप्से सूचक ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा आएको छ। २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ६८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
सूचीकृत कम्पनीहरूले नाफा बढाएको रिपोर्ट निकालेकै बेला बजार थप घट्दा आम लगानीकर्ता भने अन्योलमा परेका छन्।
यस दिन २६५ कम्पनीको ८० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। १२ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा बैंक अग्रस्थानमा आएको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एभरेष्ट बैंक र एनआइसी एसिया बैंक परेका छन्।