काठमाडौँ– सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा गएको पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुस्ख व्यक्त गर्दै बेपत्ता नेपालीको खाजी तथा उद्धारका लागि भारतीय प्रशासनसंग आग्रह गरेका छन।
आज आइतबार एक विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्। यस्तै उनले बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह पनि गरे।
गत बिहीबार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए, जसमा तीन नेपालीको पहिचान खुलेको थियो। कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो। अन्यको अवस्था अज्ञात नै छ । बेपत्ताको खोजी पनि जारी छ ।