काठमाडौँ– वन तथा वातावरण मन्त्री डा. बीरेन्द्रप्रसाद महतोले समृद्ध र हरियो नेपाल बनाउने लक्ष्यबाट सरकार पछि नहट्ने बताएका छन। आज (आइतबार) राउण्ड टेबल नेपालले आयोजना गरेको १ लाख वृक्षारोपण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले वन संरक्षण ठूलो चुनौतीको रूपमा रहेको पनि बताए।
मन्त्री महतोले वृक्षारोपण गर्ने गरिए पनि त्यसको संरक्षण चुनौती बनेको बताए।
उनले भने ‘ वन लगाउन सफल भयौँ तर अब त्यसको संरक्षण कसरी गर्ने भन्ने कुरा ठूलो चुनौतीको रूपमा रहेको छ। अहिले पनि जङ्गल भित्र काठहरू छन्। त्यसका्े प्रयोग गर्न सकिरहेका छैनौँ। बाहिरबाट काठहरू मगाउनु परिरहेको छ। समृद्ध र हरियो नेपाल बनाउने तपाईँहरूको सोच र लक्षका कार्यहरू छ त्यसबाट सरकार पछि हट्दैन्। तपाईँहरूले जुनसुकै वेला पनि तपाईँहरूलाई चाहिएको सहयोग गर्न तयार छौं। म तपाईँहरू सँग छु।
मन्त्री महतोले बनलाई पनि रोजगारीसँग जोडिने बनाउनु पर्ने बताएका छन्। बन तथा बन भित्र रहेका वन्यजन्तुहरुप्रति भएको द्धन्दहरुलाई न्यूनीकरण गर्न आवश्यक भएको उनको भनाइ छ।