सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे प्रचण्डले बोलाए पदाधिकारी बैठक - Chaitanya News
  • 2026-11-16
  • 23:01:45
  • सोमबार,मंसिर ०१, २०८३
  • सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे प्रचण्डले बोलाए पदाधिकारी बैठक

    सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे प्रचण्डले बोलाए पदाधिकारी बैठक

    काठमाडौं– प्रधामन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न गर्नुअघि पदाधिकारी बैठक बोलाएका छन्।

    प्रधानमन्त्री निवास बालुवाटरमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे छलफल भइरहेको एक नेताले बताए। साथै संगठनात्मक कार्यविभाजन, विधान अधिवेशन लगायतका विषयबारे पनि पदाधिकारी बैठकमा छलफल भइरहेको छ।

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन १७ गतेदेखि प्रज्ञा भवन कमलादीमा जारी छ। बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको मौखिक प्रतिवेदन र उनीलगायत शीर्ष नेताहरूको जीवन शैलीलाई लिएर गम्भीर प्रश्नहरू उठाएका छन्। साथै, केहीले पार्टी अध्यक्ष प्रचण्डको जबर्जस्त प्रशंसा समेत गरेका छन्। बैठकमा उठेका प्रश्नको जवाफ आज अध्यक्ष प्रचण्डले दिएपछि बैठक समापन हुने छ। आज अन्तिम दिनको बैठक दिउँसो १ बजे बस्दै छ।