संघीय निजामति ऐन आगामी मन्त्रीपरिषद्को बैठकमा पेस हुन्छ : मन्त्री मोदी - Chaitanya News
  • 2026-11-16
  • 23:01:20
  • सोमबार,मंसिर ०१, २०८३
  • संघीय निजामति ऐन आगामी मन्त्रीपरिषद्को बैठकमा पेस हुन्छ : मन्त्री मोदी

    संघीय निजामति ऐन आगामी मन्त्रीपरिषद्को बैठकमा पेस हुन्छ :  मन्त्री मोदी

    काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामति ऐन आगामी मन्त्रीपरिषद्को बैठकमा पेस हुने बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय निजामति ऐनको ड्राफ्ट सकिसकेको र आगामी मन्त्रीपरिषद्को बैठकमा पेस गर्ने बताए । उनले ढुङ्गा–गिट्टी तथा फोहरमैला व्यवस्थापनसम्बन्धी बेग्ला–बेग्लै विधेयक पनि आगामी मन्त्रीपरिषद्को बैठकमा पेस गर्ने तयारी रहेको बताए ।

    मन्त्री मोदीले आफू मन्त्री बनेको दिनबाट नै संघीय निजामति ऐन ल्याउनैपर्छ भनेर काम गरेकाले अहिले सबै तयारी सकिसकेको र मन्त्रीपरिषद् हुँदै संसदा पेस गर्ने तयारी रहेको बताउनुभयो ।उनले सरकार अहिले सुशासनमा बढी जोड दिएर काम गरिरहेको बताए ।

    मन्त्री मोदीले शक्तिकेन्द्रको पछि लागेर रोजेको ठाउँमा मात्रै बस्ने कर्मचारीहरुबाट सुशासन हुन नसक्ने बताए ।