प्रधानन्याधीशको जिम्मेवारी विश्वम्भर श्रेष्ठलाई - Chaitanya News
  • 2026-11-16
  • 23:01:55
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधानन्याधीशको जिम्मेवारी विश्वम्भर श्रेष्ठलाई

    प्रधानन्याधीशको जिम्मेवारी विश्वम्भर श्रेष्ठलाई

    काठमाडौं– आज (आइतबार)देखि सर्वोच्च अदालतको नेतृत्वको जिम्मेवारी विश्वम्भर श्रेष्ठलाइ दिइएको छ। संवैधानिक परिषद्‍बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस वरिष्ठतम् न्यायाधीश श्रेष्ठले कामु प्रधानन्याधीशको जिम्मेवारी सम्हालेका छन।

    बिहीवार बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गर्दै सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समितिमा पठाएको थियो। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।

    सुनुवाइ समितिको बैठक बसेर प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने र सुनुवाइ गर्ने लगायत प्रक्रिया पूरा गर्न झण्डै ३ साता लाग्ने संसद् सचिवालय स्रोतले जानकारी दियो।

    त्यो बेलासम्म सर्वोच्च कामुको जिम्मामै रहने छ। २०१६ सालमा डोटी जिल्लामा जन्मेका श्रेष्ठ २०३८ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका थिए। उनी जिल्ला, उच्च अदालत हुँदै सर्वोच्च अदालको न्यायाधीश बनेका थिए। २०७३ साल १७ देखि उनी सर्वोच्च अदालको न्यायाधीश बनेका थिए।