नेपालको पर्यटन नबुझ्ने मान्छेले यो देशको पर्यटन मन्त्री हुनु दुःखद : मिङमा शेर्पा - Chaitanya News
  • 2026-11-16
  • 23:01:15
  • सोमबार,मंसिर ०१, २०८३
  • नेपालको पर्यटन नबुझ्ने मान्छेले यो देशको पर्यटन मन्त्री हुनु दुःखद : मिङमा शेर्पा

    नेपालको पर्यटन नबुझ्ने मान्छेले यो देशको पर्यटन मन्त्री हुनु दुःखद : मिङमा शेर्पा

    काठमाडौँ– सेभेन समिट प्रा.लि का प्रमुख तथा १४ अग्ला हिमाल आरोहण गर्ने पहिलो कान्छो नेपाली मिङमा शेर्पाले नेपालको पर्यटन नबुझ्ने मान्छे देशको पर्यटन मन्त्रीहु्नु दु:खको कुरा भएको बताएका छन। आज (शनिबार) नेपाल पर्यटन बोर्डमा नेपाल पर्वतारोहण सङ्घले आयोजना गरेको सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन्।

    यस्तै उनले भव्य कार्यक्रममा पर्यटन मन्त्री सुदन किराँतीको उपस्थित नहुनु यसैको प्रमाण भएको बताए।

    उनले भने, मैले सोचेको थिए कार्यक्रम अझै भव्य होला भनेर। पर्यटन मन्त्री त आउनुहुन्छ नै प्रधानमन्त्री पनि आउनुहुन्छ होला भन्ने आशा गरेको थिए। सोचेको भन्दा फरक भयो। उहाँ त एउटा सरसफाइ कार्यक्रममा व्यस्त हुनहुन्छ भन्ने सुन्दा नेपालको पर्यटन नबुझ्ने मान्छेले यो देशको पर्यटन मन्त्री हुनु मलाई गौरव लागेन।’

    नेपाल पर्यटनले मात्र धान्ने देश भएकाले यसको विकासलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने शेर्पाको सुझाव थियो।