गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली न्यायको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार - Chaitanya News
  • 2026-11-16
  • 23:01:00
  • सोमबार,मंसिर ०१, २०८३
  • गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली न्यायको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार

    गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली न्यायको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार

    काठमाडौं– गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली न्यायको माग गर्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन।

    भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएको संघर्ष समितिको संयोजक रुपसागर देवीले जानकारी दिइन्।

    गौर हत्याकाण्डका पीडितहरू लामो समयदेखि न्यायका लागि संघर्ष गरिरहेका छन्। उनीहरूले धर्ना र प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम गररहेका छन्।

    पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले आज छलफल गरेका हुन्।