काठमाडौँ– जनमत पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने बताएको छ।
आज (शुक्रबार) पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा. सीके राउतले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले बताए।
बैठकले पार्टी सङ्गठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अभियान अगाडि बढाउने निर्णय गरेको छ।
पार्टीले आज शुक्रवार स्थानीय जनप्रतिनिधि सम्मिलित पार्टी समन्वय बैठक बोलाएको छ। बैठकमा वडाध्यक्ष, मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ।