केन्द्रीय समति बैठकको तयारी गर्न एकीकृत समाजवादीको सचिवालय बैठक सुरु - Chaitanya News
  • 2026-11-16
  • 23:31:59
  • सोमबार,मंसिर ०१, २०८३
  • केन्द्रीय समति बैठकको तयारी गर्न एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

    केन्द्रीय समति बैठकको तयारी गर्न एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

    काठमाडौं– केन्द्रीय समिति बैठकको तयारीका लागि नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बसिरहेको छ। पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ८ बजेदेखि सुरु भएको बैठक दिनभर चल्नेछ।

    पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने जानकारी दिए।

    उनले भोलि र पर्सी बस्ने पार्टी स्थायी कमिटी बैठक र पार्टी महाविधेशनका विषयमा पनि छलफल हुने बताए। साथै, आगामी भदौ ३ र ४ गते केन्द्रीय पोलिटब्युरो बैठक कार्यालयमा बोलाइएको छ।