सुन तस्करी प्रकरणमा अर्थमन्त्रीको पनि मिलोमतो रहेको भन्ने एमालेले लगाएको आरोप निराधार : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-11-16
  • 23:31:34
  • सोमबार,मंसिर ०१, २०८३
  • सुन तस्करी प्रकरणमा अर्थमन्त्रीको पनि मिलोमतो रहेको भन्ने एमालेले लगाएको आरोप निराधार : अर्थमन्त्री महत

    सुन तस्करी प्रकरणमा अर्थमन्त्रीको पनि मिलोमतो रहेको भन्ने एमालेले लगाएको आरोप निराधार : अर्थमन्त्री महत

    काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन। शुक्रबार वीरगन्जमा नेपाल पे्रस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सुराकी दिनेले कमिसन पाउने नीतिका कारण सय किलो सुन विमानस्थलबाट समातिएको पनि बताए।

    अर्थमन्त्रीको पनि मिलोमतो रहेको भन्ने नेकपा (एमाले)ले लगाएको आरोप निराधार भएको उनले बताए।

    महतले भने, ‘अहिले जसलाई जे मन लाग्छ त्यो आरोप लगाइदिने, सामाजिक सञ्जालमा लेखिदिने गलत प्रवृति बढेको छ।’आफ्नै कारणले त्रिभुवन विमानस्थलबाट सय किलो सुन समातिएको दाबी समेत उनले गरे।

    आफूले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाले यता अर्थतन्त्रका समस्या विस्तारै कम हुँदै गएको समेत उनले प्रष्ट्याए।