काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको शिक्षा क्षेत्रमा योगदान गर्ने सन्दर्भमा निजी क्षेत्रको योगदान पनि महत्त्वपूर्णरहेको बताएकी छिन्।
आज )शुब्रबार)निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले आयोजना गरेको २०७९ का एसइई उत्तीर्ण विद्यार्थीहरूलाई अभिनन्दन समारोहमा बोल्दै उनले भनिन् विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिने विषयमा सामुदायिक विद्यालयहरू मात्र सक्षम नभएको भन्दै यसमा निजी क्षेत्रको पनि भूमिका आवश्यक रहेको बताए।
सबै विद्यार्थीहरूलाई शिक्षा दिने कुरामा सामुदायिक विद्यालयहरूले मात्रै भूमिका निर्वाह गर्न सक्ने अवस्था छैन। ३० प्रतिशतभन्दा बढी निजी क्षेत्रको छ, शर्माले भनिन्। ’
मन्त्री शर्माले आजको विद्यार्थी भोलि देशको नेतृत्व भएको भन्दै नेपालको शिक्षा प्रणालीले विद्यार्थीहरूलाई शिक्षाको साथै व्यवहारिक, देशप्रति प्रतिबद्ध र कर्तव्यबोध बनाउन पनि आवश्यक भएको बताइन्।