सर्वोच्चमा धेरै चुनौती छ, एक जनालाई मात्र अन्याय भयो भने धेरै नरमाइलो हुन्छ : न्यायाधीश भट्टराई - Chaitanya News
  • 2026-11-16
  • 23:18:07
  • सोमबार,मंसिर ०१, २०८३
  • सर्वोच्चमा धेरै चुनौती छ, एक जनालाई मात्र अन्याय भयो भने धेरै नरमाइलो हुन्छ : न्यायाधीश भट्टराई

    सर्वोच्चमा धेरै चुनौती छ, एक जनालाई मात्र अन्याय भयो भने धेरै नरमाइलो हुन्छ : न्यायाधीश भट्टराई

    काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईले सर्वोच्च अदालतमा धेरै चुनौतीहरू रहेको बताएका छन्।

    आज (शुक्रबार) काठमाडौंमा आयोजित स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पस प्रथम स्ववियु अभ्यास अदालत प्रतियोगिता २०८० फाइनल प्रतिस्पर्धा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले भने, ‘सर्वोच्च अदालतमा धेरै चुनौती छ। तपाईँको आफ्नो कम्पिटेन्स हैन कि तपाईँले दिएको फैसला अन्तिम हुन्छ कदम कदाचित अन्याय पर्यो भने पोल्छ। एक जनालाई मात्र पनि अन्याय भयो भने धेरै नरमाइलो हुन्छ। व्यक्तिगत रुपमा नै हामीलाई नरमाइलो लाग्छ। यो चुनौतीपूर्ण छ र तपाईँले प्रतिस्पर्धा गर्ने कुरामा पनि चुनौती छ।