तेस्रो दिन माओवादी केन्द्रीय समिति बैठक सुरू - Chaitanya News
  • 2026-11-16
  • 23:18:03
  • सोमबार,मंसिर ०१, २०८३
  • तेस्रो दिन माओवादी केन्द्रीय समिति बैठक सुरू

    तेस्रो दिन माओवादी केन्द्रीय समिति बैठक सुरू

    काठमाडौँ– राजधानीको प्रज्ञाभवन कमलादीमा नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सुरू भएको छ।

    बुधबारदेखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि अहिलेसम्म ७४ जना केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिसकेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

    बैठकमा नेतृत्वको कार्यशैली, नीति, विधान सम्मेलन, कार्यदिशा, कार्यक्रम र समसामयिक राजनीति अवस्थाबारे केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन्। अधिकांश सदस्यहरूले पार्टी बनाउनका लागि पहिला नेतृत्व सच्चिनुपर्ने विचार व्यक्त गरेका छन्।

    ५ दिनसम्म सञ्चालन हुने बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि ६ बजेसम्म बस्नेछ। आजको बैठकमा बोल्नका लागि १०० जना बढीले नाम टिपाएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

    उनकाअनुसार बोल्न चाहने सदस्यहरू सबैलाई बोल्न समय दिइनेछ। केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएपछि अध्यक्ष प्रचण्डले उठेका प्रश्नको जवाफ दिनेछन्।