काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै कर्मचारीलेले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन्।
आज (बिहीबार) सुख्खा बन्दरगाह बीरगन्ज र बीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन्। यस्तै उनले भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनुभयो, सबै इमान्दार बनियो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्ने पनि बताए।
.डा. महले आयत भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वभाविक भएको बताए। त्यसमा राजश्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको उनको भनाइ छ। तर, बजारमा प्रशस्त माल बस्तु छ, तर राजश्व घटिरहेको भए मन्त्री डा। महतले भने, ‘त्यो अवस्थामा तपाईंहरुलाई प्रश्न गर्नेछन्। हामीले यथेष्ट काम गरेनौँ, हामी जिम्मेवार भएनौँ, हामीले आँखा चिम्ल्यौँ अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्त्व दिएऔं भने राजस्व कम उठ्छ।’
‘दोस्रो यहाँ हामी अनावश्यक झन्झट दिन्छौँ, जायज कुरालाई पनि यो भएन भन्छौँ, अरु खाले माग गरिराख्यौँ भने यो झन्झट व्यहोर्नु भन्दा व्यवसायीले जोखिम मोलेरै भए पनि अर्को बाटो रोज्छौँ’ मन्त्री डा। महतले भने, ‘त्यो अवस्थामा प्रहरी प्रशासनको भूमिका रहन्छ।
‘जायज कुरालाई नाजायज बनाउने थालियो, सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चित रूपमा व्यवसायीले अर्को बाटो रोज्छन्’ मन्त्री डा. महतले भने, ‘राजश्व सङ्कलनमा भन्सार र सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका हुन्छ। भन्सार नाकाभन्दा बाहिरबाट माल बस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्छ।’ ‘प्रविधिलाई अपग्रेट हुनुपर्छ। सुख्खा बन्दरगाहमा ठूलो मेसिन आयो, त्यो उपयोगमै आएन। किन आएन कसैलाई थाहा छैन, अरूले सहयोग नै गर्न चाहेनन्। यो प्रयोगमा आयो भने निजीलाई फाइदा पुग्दैन भन्ने सुनियो’ मन्त्री डा. महतले भने, ‘प्रविधि भनेको कामलाई सहजीकरण गर्ने हो, जाँचपास विधिलाई सहज बनाउने हो। त्यसलाई ग्रहण गर्नुपर्छ, त्यसलाई अपग्रेट गर्न रिर्सोसको कमी हुँदैन, तर तपाईँहरूले सहयोग गर्नुपर्छ।’
मन्त्री डा। महतले भने, ‘म काम गर्न आएको हो, फाइदा उठाउन होइन। फाइदा मलाई सरकारले दिएको छ भन्ने कुरो मनन गर्नुभयो भने राजश्वले लक्ष्य भेट्ने छ।