कृषि मन्त्री भुसाल र भारतीय राजदूत श्रीवास्तबिच भेट, चामल निर्यातमा रोक लगाएको बारे छलफल - Chaitanya News
  • 2026-11-16
  • 23:17:32
  • सोमबार,मंसिर ०१, २०८३
  • कृषि मन्त्री भुसाल र भारतीय राजदूत श्रीवास्तबिच भेट, चामल निर्यातमा रोक लगाएको बारे छलफल

    कृषि मन्त्री भुसाल र भारतीय राजदूत श्रीवास्तबिच भेट, चामल निर्यातमा रोक लगाएको बारे छलफल

    काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ। आज (बिहीबार) सिंहदरबारस्थित मन्त्रालयमा कृषि मन्त्री भुसाल र राजदूत श्रीवास्तवबिच भेटवार्ता भएको हो।

    भेटमा मन्त्री भुसालले भारतले चामल निर्यातमा रोक लगाएको बारेमा चासो व्यक्त गर्नुभएको छ। उहाँले यसअघि जस्तै भारतले चामल निर्यातलाई सहज बनाउनुपर्ने बताए।

    यसबारे राजदूत श्रीवस्तवले चामल विदेश निर्यातमा रोक लगाएको निर्णय भारतले गरे पनि सो निर्णय नेपालको हकमा लागू नहुने जानकारी दिए।

    ‘‘विदेशमा चामल निर्यात गर्ने निर्णय नेपालको हकमा लागू हुँदैन। यस अघि पनि भारतले गहुँ निर्यातमा रोक लगाएको भए पनि नेपाललाई असर नगरेको र गत वर्ष पनि तीन लाख ५० हजार मेट्रिकटन गहुँ उपलब्ध गराएको थियो। अहिले पनि भारतले नेपाललाई आवश्यक चामल उपलब्ध गराउन तयार रहेको छ,’’ भारतीय राजदूत श्रीवास्तवले भने।

    भारतले विदेशमा चामल निर्यातमा रोक लगाउने निर्णय सार्वजनिक भएपछि नेपालमा चामलको भाउ बढेको बताउनुहुँदै मन्त्री भुसालले यसलाई सहज बनाउन पहल गरिदिन राजदूत श्रीवास्तवसँग छलफल गरेका हुन ।