संसद सरकारले नै रोक्न लगाएको हो : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 23:32:59
  • सोमबार,मंसिर ०१, २०८३
  • संसद सरकारले नै रोक्न लगाएको हो : अध्यक्ष ओली

    संसद सरकारले नै रोक्न लगाएको हो : अध्यक्ष ओली

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले नभएर सरकारले नै संसद बैठक चलाउन नमानेको आरोप लगाएका छन्।

    आज (बुधबार) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सरकारले सांसदहरुले प्रश्न उठ्छ भनेर सभामुखलाई दबाब दिएर बैठक स्थगित गर्न लगाएको दाबी गरे।

    उले भने उहाँहरुले संसदमा आवाज उठछ भनेर अस्तिका दिन संसद चल्न दिनुभएन। हामीले संसद चलाऔं भनेका छौं, सांसदहरु बोल्नुहुन्छ, आवाजहरु उठाउनुहुन्छ, जनताको भनाइ भन्नुहुन्छ। सांसदले बोल्न पाउनुप¥यो । सरकार सांसदलाई बोल्न दिँदैन। सभामुखलाई दवाव दिन्छ कि तपाईँले सूचना टाँसेर संसद रोक्नुस्।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्न्विटल सुन तस्करी भएको प्रकरणमा नेकपा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ। १० साउनको बैठकमा समिति गठनको माग गरेर एमालेले संसद अवरोध गरेको थियो। त्यसपछि १५ र १६ साउनमा बोलाएको बैठक पनि बस्न सकेन। एमाले अध्यक्ष ओलीले भने ती बैठक आफूहरुको कारण नभई सत्तापक्षकै कारण बस्न नसकेको दाबी गरे।

    मंगलबार पनि सत्तापक्षले सांसदहरुलाई बोल्न नदिने, सिधै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने प्रस्ताव गरेपछि आफूहरुले नमानेको ओलीले दाबी गरे। ‘हिजो हामीले बोल्न दिनुपर्छ उहाँहरु बोल्न दिन तयार हुनुभएन। एक जना गृहमन्त्री मात्रै बोल्ने रे। जो भन्सार नियन्त्रण गर्न योग्य छैन। जो अनेक प्रकारका नचाँहिदा बकवास अरुमाथि लाञ्छित, आरोपित गरेर हिँड्छ। उसले भाषण गर्ने रे। अनि, सांसदहरुले बोल्न नपाउने रे’, ओलीले भने।

    एमाले अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा सरकारले गरेको अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको बताए। त्यसैले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने उनको माग छ।