बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीका सञ्चालकलाई कानुनी कारबाही गरिनेछ : मन्त्री पाण्डेय - Chaitanya News
  • 2026-05-26
  • 11:48:37
  • मंगलबार,जेठ १२, २०८३
  • बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीका सञ्चालकलाई कानुनी कारबाही गरिनेछ : मन्त्री पाण्डेय

    बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीका सञ्चालकलाई कानुनी कारबाही गरिनेछ : मन्त्री पाण्डेय

    तिलोत्तमा — लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले सर्वसाधारणले बचत गरेको रकम फिर्ता नगरे कानुनी कारबाही हसने बताएका छन। आज (बुधबार) भैरहवामा सहकारीबाट पीडित स्थानीयबासीको गुनासोलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनलेआम नागरिकको पैसा डुबाउने कार्यमा लाग्ने त्यस्ता सहकारीका सञ्चालकलाई कानुनी दायरामा ल्याउन प्रदेश सरकारले ऐन, कानुन बनाएर प्रक्रिया अगाडि बढाउने बताए।

    उनले स्थानीयस्तरमा सञ्चालित सहकारीमा कम समस्या देखिए पनि काठमाडौंलगायत बाहिरबाट आएर सहकारी खोली चलाएकाको गतिविधिबाट जनताले सास्ती खेप्नुपरेको बताए।

    सहकारीको काम हेर्ने जिम्मेवारी पनि मेरै मन्त्रालयअन्तर्गत पर्छ,’ उनले भने, ‘यो समस्या समाधानका लागि अघि म अघि बढ्छु। उनले धेरै ब्याजदर पाउने आशामा केही सहकारीमा सर्वसाधारणले बचत गरेको पाइएकाले रकम जम्मा गर्दा बुझेर मात्र गर्न आग्रह गरे‚’ उनले भने, ‘यो दिन तपाईंको रकम फिर्ता गराउँछु भन्न त सक्दैनौँ, तर सर्वसाधारणलाई ठग्ने सहकारीलाई कारबाहीको दायरामा पक्कै ल्याउँछु।

    जनताबाट निर्वाचित जनप्रतिनिधि भएकाले जनताका मतको कदर गर्नु आफ्नो दायित्व भएको मन्त्री पाण्डेयको भनाइ छ। समस्या समाधानका लागि एक्लाएक्लै अघि बढ्नुभन्दा सामूहिक रुपमा अघि बढ्नुपर्नेमा उनले जोड दिए। उनले सर्वसाधारणले सहकारीमा जम्मा गरेको पैसा फिर्ता नहुँदा अध्ययन, उपचार तथा घरायसी प्रयोजनका लागि गरिने खर्चमा समेत मर्का परेको बताए।

    सो अवसरमा सहकारीबाट पीडितले सहकारीमा जम्मा भएका रकम फिर्ता पाउन नसकेको, सम्बन्धित निकायमा जाँदा समस्याको सुनुवाइ नभएको, पैसा फिर्ता नहुँदा आर्थिक संकटमा परेको गुनासो गरेका थिए।