व्यापारीले चामलको मूल्य बढाए सरकारले कारबाही गर्ने - Chaitanya News
  • 2026-05-26
  • 11:49:24
  • मंगलबार,जेठ १२, २०८३
  • व्यापारीले चामलको मूल्य बढाए सरकारले कारबाही गर्ने

    व्यापारीले चामलको मूल्य बढाए सरकारले कारबाही गर्ने

    काठमाडौँ– चामलको मूल्य बढाएको पाइए व्यापारीहरूलाई कारबाही गर्ने सरकारले निर्देशन दिएको छ।

    केही दिनअघि भारतले बासमती बाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले आफूखुसी मूल्य बढाउन थालेको भन्दै गुनासो आउन थालेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको हो।

    विभागले साउन १५ मा उद्योग वाणिज्य महासङ्घका वाणिज्य हेर्ने पदाधिकारीसँग चामल निर्यात प्रतिबन्धका विषयमा छलफल गरेको थियो।

    भारतले चामल प्रतिबन्ध लगाउनु अघि भण्डारणमा रहेको चामल बजारमा बेचबिखन गर्न पठाउँदा साबिककै मूल्यमा बेच्न निर्देशन दिएको छ। यदि कसैले बढी मूल्य लिएको पाए उपभोक्तालाई पनि विभागलाई जानकारी गराएर सहयोग गर्न आग्रह गरेको छ।

    कसैले मूल्य वृद्धि गरेको पाइए कारबाही हुने विभागले जनाएको छ। भारतले अघिल्लो गत हप्ता बासमती बाहेकका चामलको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।