सुदूरपश्चिममा कांग्रेसले बोलायो संसदीय दलको बैठक - Chaitanya News
  • 2026-11-17
  • 00:07:34
  • सोमबार,मंसिर ०१, २०८३
  • सुदूरपश्चिममा कांग्रेसले बोलायो संसदीय दलको बैठक

    सुदूरपश्चिममा कांग्रेसले बोलायो संसदीय दलको बैठक

    धनगढी– सुदूरपश्चिमका कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि खाली रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रीको नाम टुंग्याउन बैठक बोलाएको हुो।

    बैठक दिउँसो ४ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले जानकारी दिए। उनका अनुसार बैठकमा प्रदेश सरकार विस्तार र आन्तरिक मामिला तथा कानुुन मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा छलफल हुनेछ।

    स्रोतका अनुसार कांग्रेसले बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्टलाई मन्त्री बनाउने तयारी गरेको छ। उनको नाममा पार्टीभित्र करीब सहमति जुटिसकेकाले दलको बैठकले मन्त्रीमा भट्टलाई पठाउने एकजना प्रदेशसभा सदस्यले बताए। शाहले बुधबार नै प्रदेश सरकारलाई पूर्णता दिने तयारी समेत गरेका छन्।