कोशीमा मन्त्री छान्न सकस, सर्‍यो मुख्यमन्त्री थापाको शपथ - Chaitanya News
  • 2026-11-17
  • 00:06:09
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशीमा मन्त्री छान्न सकस, सर्‍यो मुख्यमन्त्री थापाको शपथ

    कोशीमा मन्त्री छान्न सकस, सर्‍यो मुख्यमन्त्री थापाको शपथ

    काठमाडौं-  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको पद तथा गोपनियताको शपथ साँझ ५ बजेसम्मका लागि सरेको छ ।

    विहान १०:३० मा हुने भनिएको शपथ ग्रहण समारोह दलहरुबीच मन्त्री कसलाई बनाउने भन्ने विषयमा कुरा मिल्न नसक्दा शपथ साँझसम्म सरेको हो ।

    मंगलबार मुख्यमन्त्री नियुक्त भएका थापाले आज कांग्रेस माओवादी र नेकपा एसका १-१ जनागरी ३ जनालाई मन्त्री बनाउने तयारी गरेका छन् ।