माओवादीले केन्द्रीय कमिटी बिस्तार गर्ने - Chaitanya News
  • 2026-11-17
  • 00:06:34
  • सोमबार,मंसिर ०१, २०८३
  • माओवादीले केन्द्रीय कमिटी बिस्तार गर्ने

    माओवादीले केन्द्रीय कमिटी बिस्तार गर्ने

    काठमाडौं –  सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बिस्तार गर्ने निर्णय गरेको छ ।

    बुधबार बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरेको हो । अहिले कायम ३८५ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी भएको एक माओवादी नेताले जानकारी दिए । आजबाट काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा माओवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

    त्यस अघि बुधबार बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरेको हो । बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरुले बोल्ने बताइएको छ । बैठकमा पार्टीको बिधान संशोधन प्रस्ताब पनि पेश हुने बताइएको छ ।