सभामुखको राजीनामा दिनु जालझेलपूर्ण काम : राजेन्द्र लिङ्देन - Chaitanya News
  • 2026-11-16
  • 23:42:51
  • सोमबार,मंसिर ०१, २०८३
  • सभामुखको राजीनामा दिनु जालझेलपूर्ण काम : राजेन्द्र लिङ्देन

    सभामुखको राजीनामा दिनु जालझेलपूर्ण काम : राजेन्द्र लिङ्देन

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार बनाउने खेलमा प्रदेशसभाका सभामुखलाई राजीनामा गर्न लगाउनुलाई राजनीतिक बेइमानी र जालझेल भनेका छन्।

    आज (मंगलबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले कोशी प्रदेशमा गठबन्धनमा सरकार बनाउन सभामुखको राजीनामा दिनु जालझेलपूर्ण काम भएको आरोप लगाए।

    सभामुखको उक्त कदमले मुलुक संविधानले परिकल्पना नगरेको बाटोमा जाने उनले बताए।

    ‘सरकार बनाउन उहाँहरूले सभामुखलाई राजीनामा दिन लगाउनुभयो। भोलि सरकार बनाउन एमालेले राजीनामा दिन लगाउने होला। यसरी संविधानले परिकल्पना नगरेको अवस्थामा मुलुकलाई लैजानु गलत हो’, उनले भने, ‘सभामुखले राजीनामा दिएपछि उपसभामुखले राजीनामा दिनुहोला। ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ एमालेले ज्येष्ठ सदस्यलाई अनुपस्थित गराउने होला। यसले मुलुक संविधानले परिकल्पना नगरेको बाटोमा जाँदैछ।’

    यस्तै उनले प्रदेशको स्थायित्वको लागि एमाले र नेपाली कांग्रेस मिलेर कोशी प्रदेश सरकार बनाउन सुझाव पनि दिएका छन्।