सुन तस्करी प्रकरणको छानबिन गर्न छुट्टै समिति गठन गर्नुपर्छ : प्रदीप पौडेल - Chaitanya News
  • 2026-11-16
  • 23:43:06
  • सोमबार,मंसिर ०१, २०८३
  • सुन तस्करी प्रकरणको छानबिन गर्न छुट्टै समिति गठन गर्नुपर्छ : प्रदीप पौडेल

    सुन तस्करी प्रकरणको छानबिन गर्न छुट्टै समिति गठन गर्नुपर्छ : प्रदीप पौडेल

    काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न छुट्टै छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्। आज (मंगलबार) संघीय संसद् भवम परिसरमा पत्रकारहरुसंग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

    प्रमुख प्रतिपक्ष दल एमालेले सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई दबाब दिइरहेका बेला उनले पनि सो आवश्यकता औंल्याएका हुन्।

    पौडेलले सरकारले प्राविधिक पक्षलाई समेत ख्याल गरेर पूर्वन्यायाधिशको नेतृत्वमा समिति गठन गरी त्यसको निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने बताए। उनले सो छानबिनलाई निर्मम ढंगले अघि बढाउन संसद्ले कडा निगरानी राख्नुपर्ने समेत बताए।

    सांसद पौडेलले सो प्रकरणको छानबिनको विषयलाई सरकारले गम्भीरतापूर्वक नलिएको आरोप समेत लगाए।