कोशीको मुख्यमन्त्रीमा थापाले गरे पुनः मुख्यमन्त्रीको लागि दाबी पेश - Chaitanya News
  • 2026-11-16
  • 23:42:56
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशीको मुख्यमन्त्रीमा थापाले गरे पुनः मुख्यमन्त्रीको लागि दाबी पेश

    कोशीको मुख्यमन्त्रीमा थापाले गरे पुनः मुख्यमन्त्रीको लागि दाबी पेश

    काठमाडौं– नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले पुनः मुख्यमन्त्रीको लागि दाबी पेश गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

    थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ। गठबन्धनको सरकार बनाउन सभामुख गौतमले आज नै पदबाट राजीनामा दिएका थिए।

    सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आज अपराह्न ५ बजेसम्मको समय दिएका थिए।

    थापा यसअघि सभामुखको हस्ताक्षर प्रयोगगरी मुख्यमन्त्री बनेका थिए। सर्वोच्च अदालतले सभामुखको समर्थन असंवैधानिक ठहर गरेपछि उनको पद गुमेको थियो।