काठमाडौँ– नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा सात सय ५८ जना सहभागी हुने भएका छन्।
काठमाडौँमा रहेको प्रज्ञाभवन कमलादीमा बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय समिति, केन्द्रीय विभाग र प्रदेश पदाधिकारी सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।
उनका अनुसार केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९८, तीनवटा आयोगबाट ७५ र प्रत्येक प्रदेशबाट एक सय जना सहभागी हुनेछन्।
‘भोलिको बैठकलाई प्रभावकारी बनाउन हामी तयारीमा छौँ। ७ सय ५८ जना सदस्यलाई अहिले परिचयपत्र वितरण भइरहेको छ’, उनले भने।
माओवादी केन्द्रमा अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन अयोग रहका छन्। ७ वटा भौगोलिक प्रदेशबाहेक उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास गरी तीनवटा गैर भौगोलिक प्रदेश समिति रहका छन्।