काठमाडौं– नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जरवान अलशम्सी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।
दुवैबीच राष्ट्रपति कार्यालय, शितलनिवासमा भेटवार्ता भएको हो।
भेटवार्तामा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।