सुनसरी– नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ।
उनीहरूबीच धरान उपमहानगरपालिकाकै कार्यालयमा भेटवार्ता भएको हो। भेटमा साम्पाङले भट्टराईसहित नेसपाका नेताहरूलाई रुद्राक्षको माला लगाएर स्वागत गरेका छन्।
नेसपा नेताहरू सङ्गठन विस्तारका लागि कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा छन्।